Powered by Blogger.
 
Thursday, May 23, 2013

यो आलु हो, तातो आलु !

0 comments
अबुई ! खतरै काम गर्न लागेको छौ नि भनेर तातोआलु सुरु गरेको हैन हामीले । मात्र रमाइलोको लागि हो । यसलाई प्यारोडी न्युज साइटका रुपमा बुझ्नुहोला । तातोआलु नै चै किन राखेको भने नि, एकैपटक यसमा लेखेका कुरा नपत्याउनु होला भनेर । तातोआलु क्वाप्प मुखमा हाल्यो भने के हुन्छ ? त्यस्तै हुन्छ यसका कुरा सोझै पत्याएमा । तपाईसँग दिमाग छ र त्यो दिमाग टाउकोको खाली ठाउ भर्नमात्रै हैन भन्ने सोचेका छौं हामीले नी ।


अंग्रेजीमा त यो कन्सेप्टका धेरै साइट र ब्लगहरु छन् तर नेपालमा भने खाली सिरियस कुराहरु मात्रै कि त अठार माथिकाले हेर्ने खालका साइटहरु । ए बाबा ! रमाइलो गर्न अठार बर्ष नाघ्नै पर्ने ? इन्टरनेट खोल्दा बाउआमा, दिदीबहिनीले देख्लान् कि भनेर डराउनै पर्ने ? लु, यस्तो चै भएन, भनेर यो तातोआलु सुरु गरेको हौ । मन परे सँधै हेर्नु होला । कमेन्ट गर्नुहोला । आफ्नो फेसबुकमा सेयर हान्नुहोला । मन नपरे यत्रै सिद्दी । हामी लेख्न छोड्ने हैन क्यारे । 

Leave a Reply

 
tatoaalu © 2011 DheTemplate.com & Main Blogger. Supported by Makeityourring Diamond Engagement Rings

You can add link or short description here